logo-img

हतारमा सरकारलाई समर्थन छाडे राजनीतिक अस्थिरता आउँछ : वर्षमान पुन

नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन सरकारको समर्थन छाड्ने बताएका छन् । 

विपक्षी दलले विकल्प दिए पनि आफुहरु सरकारमा बसिनरहने भन्दै उनले हतारमा समर्थन छाडेर राजनीतिक अस्थिरतातर्फ देशलाई लैजान नचाहेको उले बताए । 

उनले भने, ‘हामी राजनीतिक स्थायित्व चाहान्छौँ । कि ओलीजीले बहुमत जुटाउनुस्, बहुमत जुटाएकै दिन हामी समर्थन छोडिदिन्छौँ । हामी अस्थिरता चाहदैनौँ ।’ 

अरु विपक्षी दलले बहुमत जुटाए भने माओवादीले त्यसै दिन छाड्ने उनले बताए । हतारमा छाडेर विकल्प पनि दिन नसक्ने, भइराखेको सरकारले पनि काम गर्न नसक्ने राजनीतिक अस्थिरताको जिम्मा लिन नचाहेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार २०:९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया