पदमुक्त भएका मन्त्रीहरु सिंहदरबार नजाने, पुनर्नियुक्तिको तयारी

नेकपा माओवादी केन्द्रको कारबाहीपछि सांसद पदबाट समेत मुक्त भएका चारजना मन्त्री आजदेखि मन्त्रालय नजाने भएका छन् । पुनर्नियुक्ति नहुन्जेल मन्त्रालय नजाने सहरी विकासमन्त्री प्रभु साहको सचिवालयका एक सदस्यले जानकारी दिए । 

त्यस्तै, उनीहरुलाई पदमा पुनर्नियुक्ति गर्ने संवैधानिक व्यवस्थाअनुसार ओलीले तयारी अगाडि बढाएका छन् । 

६ महिनाभित्र उप चुनाव हुनुपर्ने भएकाले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले पुनः मन्त्री पदमा नियुक्त भएर सपथग्रहण गर्नुपर्ने हुन्छ ।

तर, प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार ओलीले एमालेमा गएर मन्त्री भएकालाई पुनर्नियुक्तिको प्रक्रिया अघि बढाएका हुन् । 

माओवादीबाट एमालेमा गएर मन्त्री भएकामध्ये रामबहादुर थापा बादल बाहेकलाई कारबाही गरिएको छ । स्रोतका अनुसार बादललाई पनि चाँडै माओवादीले कारबाही गर्नेछ । राष्ट्रियसभा सदस्य पदबाट बादललाई खारेज गरेपछि एकैपटक पुनर्नियुक्ति गर्ने तयारी भइरहेको बुझिएको छ ।





  • प्रकाशित मिति : चैत २७, २०७७ शुक्रबार १२:४२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया