logo-img

नेपाली भावनाको प्रतीक धरहरा अब उप्रान्त ढल्दैन : प्रधानमन्त्री ओली
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको भावनाको प्रतीक धरहरा अब उप्रान्त नढल्ने बताएका छन् । अहिलेको पुनर्निर्माणका क्रममा आफूहरुले त्यसको सुनिश्चित गरेको पनि उनले बताए । 

अहिलेको नयाँ धरहरा निर्माणमा सबै सुरक्षित र सबल सामग्रीहरुको प्रयोग गरिएको हुनाले अब धरहरा कहिल्यै नढल्ने प्रधानमन्त्री ओलीले ठोकुवा गरे । उनले नयाँ धरहरा निर्माणसँगै धरहरा भत्कँदा भएको सबै क्षतिको परिपूर्ति गर्ने बाटोमा सरकार लागेको पनि उनले बताए । 

धरहरा उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, 'देशभित्र र बाहिर रहेका थुप्रै नेपालीहरुको २४ रुपैयाँ यसमा सहयोग परेको छ । त्यसैले जनताका थुप्रै भावनाहरु यसमा मिसिएका छन् । यो हाम्रो भावनासँग जोडिएको छ, हाम्रो गौरवसँग जोडिएको छ ।'

पुनर्निर्मित धरहरा ८६.८५ मिटर अग्लो बनेको छ । पुनर्निर्मित धरहरा पहिलेको भन्दा करिब २५ मिटर अग्लो र मजबुत बनेको छ । धरहरा बनाउनका लागि प्रयोग भएका सबै सामग्री बलियो र टिकाउ रहेको दाबी गरिएको छ । 

प्रधानमन्त्री ओलीले भने, 'मैले देखे, राति पनि यसलाई लिप्ने, पोत्ने, बढार्ने कामहरु भइरहेका छन् । म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।'





  • प्रकाशित मिति : वैशाख ११, २०७८ शनिबार १२:५४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया