logo-img

जिल्ला प्रशासन सुर्खेतले सवारी पास जारी नगर्ने

जिल्ला प्रशासन कार्यालय सुर्खेतले निषेधाज्ञा गरिएका जिल्लाहरूमा सवारी प्रवेश पास नदिने भएको छ  ।

नेपाल सरकार गृह मन्त्रालयको निर्देशनअनुसार नाकाहरूमा कडाइ गर्ने बताइएको छ । सुर्खेतमा बुधबार (बैशाख १५) गतेबाट निषेधाज्ञा जारी गरिएको थियाे । 

काठमाडौँ उपत्यका लगायतका अन्य निषेधाज्ञा जारी भएका जिल्लाहरूमा अत्यावश्यक काममा बाहेक आवतजावतमा पूर्णरूपमा निषेध गर्ने, प्रवेश बिन्दुमा कडाइ गर्न भनी गृह मन्त्रालयको निर्देशन आएकोले सोही अनुसार कडाइ गर्ने प्रशासनले बताएको छ ।

बिहीबार सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जारी गरेको सूचनामा बताइएको छ । 





  • प्रकाशित मिति : वैशाख १६, २०७८ बिहीबार १६:४४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया