विराट कोहलीले सामाजिक सञ्जालमा बनाए नयाँ रेकर्ड !

भारतीय क्रिकेट कप्तान विराट कोहलीको नाममा नयाँ रेकर्ड बनेको छ । कोहलीका फलोअर्सले उनका लागि नयाँ रेकर्ड बनाइदिएका छन् । कोहलीलाई सामाजिक सञ्जालमा फलो गर्नेको संख्या दुई सय मिलियन पुगेको छ ।

कोहली फुटबलबाहिर रहेर २ सय मिलियन फलोअर्स हुने पहिलो खेलाडी बनेका छन् । उनी २ सय मिलियन फलोअर्स भएका पहिलो एसियन खेलाडी तथा पहिलो क्रिकेटर र फुटबल बाहिरको पहिलो एथ्लिट बन्न पुगेका छन् । 

कोहलीको इन्स्टाग्राममा एक सय १२.२४ मिलियन, फेसबुकमा ४५.९६ मिलियन र ट्विटरमा ४५.८ मिलियन फलोअर्स पुगेका छन् । यसअघि सामाजिक सञ्जालमा सर्वाधिक फलोअर्स भएका खेलाडीमा फुटबलरको बर्चस्व रहेको छ । 

धेरै फलोअर्स रहने खेलाडीको पहिलो स्थानमा क्रिस्टियानो रोनाल्डो छन् । उनलाई फलो गर्नेको संख्या तीन सय ९० मिलियन भन्दा बढी छ । दोस्रो स्थानमा लियोनल मेस्सी छन् । तेस्रोमा र्यापर इमिनेम छन् भने चौथो स्थानमा रिहाना छिन् ।





  • प्रकाशित मिति : वैशाख १८, २०७८ शनिबार ७:०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया