प्रदेश २ को राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत कोभिडका बिरामीलाई खानाको समस्या भएको छ। अस्पतालमा खानाको व्यवस्था मिलाउन कठिनाई भएपछि स्थानीय मारवाडी युवा समूहलाई गुहारिएको हो।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार उपाध्यायले प्रादेशिक अस्पताल मातहत सञ्चालित कोभिड-१९ विशेष अस्पतालमा भर्ना रहेका बिरामीहरुलाई खानाको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्।
जनकपुरमा र आसपासका क्षेत्रमा कोभिडका बिरामी अत्यधिक बढेपछि सरकारी अस्पताल भरिएका छन्। सरकारीले धान्न नसक्ने अवस्था आएपछि अब निजी अस्पताल पनि कोभिडका बिरामीको उपचारमा अघि सरेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।