रियललाई चोटको चिन्ता

ला लिगा अन्तर्गत आइतबार रियल मड्रिड र सेभिल्ला प्रतिस्पर्धा गर्दै छन् । खेल नेपाली समयअनुसार राति पौने १ बजे रियलको घरेलु मैदानमा हुनेछ ।

उपाधि होड कायमै राख्न जित्नै पर्ने दबाबमा रहेको रियललाई खेलाडीको चोटले पनि निकै सताएको छ ।

क्लबका नियमित कप्तान सर्जियो रामोस करिब १ महिनापछि बुधबार मैदान फर्किएका थिए ।

च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा चेल्सीविरुद्ध लामो समयपछि मैदान फर्किएका उनलाई फेरि चोटले सताएको छ ।

स्पेनिस खेल पत्रिका मार्काका अनुसार रामोसले सेभिल्ला विरुद्धको खेल गुमाउने सम्भावना बढेको छ । उनी टोलीको प्रशिक्षणमा पनि सामेल भएका थिएनन् ।

चेल्सी विरुद्धको खेलमा चोट बोकेका फर्लान्ड मेन्डीले यो खेल गुमाउने छन् ।



फिडे भालभार्डे र भेनिसियस जुनियरले पनि सेभिल्लाविरुद्ध खेल्ने वा नखेल्ने कुनै टुङ्गो छैन । खेलाडीको चोटले रियलको डिफेन्स केही कमजोर हुने देखिएको छ ।

चोटका कारण उसका मुख्य डिफेन्डर रफाइल भाराने, ड्यानी कार्भाजल र लुकास भास्केस लामो समयका लागि मैदान बाहिर रहने पक्का भइसकेको छ ।



  • प्रकाशित मिति : वैशाख २६, २०७८ आइतबार ११:३८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया