संसद भवनमा खोप लगाउन भीड : पूर्वसांसद, सांसदका परिवारदेखि मन्त्रालयका कर्मचारी पनि

संघीय सांसदहरूले कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाएका छन् । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा सांसदहरूले कोभिसिल्ड खोपको दोस्रो डोज लगाएका हुन् । 

राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सांसद, संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी मामिला पत्रकार लगायतले खोप लगाएका छन् । 

संसद भवनको ल्होत्से हलमा खोप लगाउन आउनेको भीडमा वर्तमान मात्रै नभएर पूर्व सांसदहरू पनि देखिन्थे।

पूर्वसांसद, पूर्व संविधानसभा सदस्यहरूले खोप लगाए । कतिपय पूर्व तथा वर्तमान सांसदहरूले परिवारका सदस्यहरूलाई पनि खोप लगाउने संसद भवन ल्याएको देखिन्थ्यो। 



सुरुमा सांसदका परिवारका केही सदस्यहरूले पनि खोप लगाउन पाए । धेरैले परिवारका सदस्य लिएर आएको पाइएपछि भने सांसदका परिवारहरूलाई खोप लगाउनबाट रोकिएको थियो। 



अन्य विभिन्न ठाउँमा पहिलो डोज लगाएका सांसदका परिवारका सदस्यहरू दोस्रो डोज लगाउनका लागि संसद भवन आएका थिए। 

सांसद भवन र संसद सचिवालयका मात्रै नभएर गृहमन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयका कर्मचारीहरू पनि खोपमा लागि लाइनमा बसेको देखिन्थ्यो। 

कोरोना संक्रमणको उच्च जोखिम भएका बेला दूरीको समेत कायम नगरी खोपमा लागि भीड लागेको देखिन्थ्यो।

  • प्रकाशित मिति : वैशाख ३१, २०७८ शुक्रबार १२:३४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया