करुणा अस्पताललाई माउन्ट एभरेष्ट समिटर्स क्लबले दियो १० थान अक्सिजन सेट

माउन्ट एभरेष्ट समिटर्स क्लबले कपनस्थित करुणा अस्पताललाई १० थान अक्सिजन सेट सहयोग प्रदान गरेको छ । कोरोना महामारीका कारण अस्पतालहरुमा अक्सिजनको अभाव कम गर्नका लागि सिलिन्डर सहयोग गरिएको क्लबले जनाएको छ । 

दोलखाको रोल्वालीङ गाउँका स्थानीयबाट सञ्चालित माउन्ट एभरेष्ट समिटर्स ​क्लबले १० थान अक्सिजन सेट अस्पतालका महाप्रबन्धक राम कुमार श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

कोभिड बिरामीका लागि र घरमै स्टक राख्नका लागि भन्दै सिलिन्डरसहित अक्सिजन उत्पादन कम्पनीमा मानिसहरु लामबद्ध रहेको र केही अस्पतालहरुले बिरामी आफैलाई अक्सिजन व्यवस्थापन गर्न समेत भनिरहेको अवस्था क्लबले सिलिन्डर सहयोग गरेको हो । 

कोरोना संक्रमितको उपचारमा अक्सिजन अभावको कारणले कसैको मृत्यु नहोस् भन्ने उद्देश्यले आपत्कालीन प्रयोगको लागि क्लबले अरु अस्पतालसँग समन्वय गरेर सहयोग गर्ने क्लबले जनाएको छ । 

हिमाल आरोहणको क्रममा प्रयोग हुने अक्सिजन सिलिन्डर सङ्कलन गरेर सहयोग गर्ने तयारी रहेको क्लबका अध्यक्ष दावाछिरिङ शेर्पाले जानकारी दिए । 





  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार ९:५३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया