logo-img

केही खुकुलो पारियो काठमाडौं उपत्यकाको निषेधाज्ञा

कोरोनाभाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो पारिएको छ । तर, अहिले जारी निषेधाज्ञा कम्तिमा पनि जेठ महिनाभर कायम रहने बताइएको छ । 

यसअघि १३ जेठबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा बनाइएको थियो । 

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यकाका मार्ट, खाद्यान्न पसल तथा किराना पसल पनि १३ जेठबाट एक साताका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय प्रशासनले गरेको थियो । 

अहिले कोरोनाभाइरस संक्रमितको संख्या दिनहुँ घटिरहेको र जनजीवन थप कष्टकर बन्दै गएकाले निषेधाज्ञा थप खुकुलो बनाउन खोजिएको बताइएको छ । 

यसबारे निर्णय तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बैठक बसेको थियो । आज (बुधबार) तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले यसबारे आधिकारिक विज्ञप्ति जारी गर्ने सम्भावना रहेको बताइएको छ ।





  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार ६:२९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया