logo-img

एमाले मिलाउन ईश्वर पोखरेल र योगेश भट्टराईबीच सिंहदरबारमा वार्ता

नेकपा एमालेको विवाद मिलाउन दोस्रो तहका नेताहरूबीच अहिले पनि प्रयास जारी छ। एकता प्रयासलाई अघि बढाउनकै लागि आज ४ बजे बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक भोलिसम्मलाई सारिएको छ। 

स्थायी कमिटी बैठकअघि एमाले महासचिव ईश्वर पोखरेल वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुसँग संवादमा जुटेका थिए।

नेताहरुबीच संवाद जारी रहेकै अवस्थामा स्थायी कमिटी रोकिएको हो। पार्टी एकताको पक्षमा पहल गरिरहेका माधव पक्षीय नेता योगेश भट्टराईसँग महासचिव पोखरेलले आज दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा संवाद गरेका छन्। 

सोमबार याक एन्ड यति होटलमा भएको वार्ताले सकारात्मक दिशा पक्रिएपछि एमाले बचाउने अभियानमा दोस्रो तहका नेता जोडतोडले लागेका हुन्। त्यही निरन्तरतास्वरुप पोखरेलले भट्टराईसँग संवाद गरेका हुन्। 

स्रोतका अनुसार पोखरेलले यसअघि झलनाथ खनाल, माधव कुमार नेपाल र भीमबहादुर रावलसँग पनि कुरा गरिसकेका थिए। अध्यक्ष ओलीले नेता नेपाल एमालेमै बस्न तयार भएमा आफू सशर्त २०७५ जेठ २ मा फर्किन तयार रहेको बताइसकेका छन्। 





  • प्रकाशित मिति : जेठ १९, २०७८ बुधबार १६:३०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया