logo-img

गोकर्ण विष्टको प्रष्टिकरण : 'पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास र अडान हो'

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले पार्टीको सम्पूर्ण एकता नै आफूहरुको विश्वास र अडान भएको बताएका छन् । विष्टले सामाजिक सञ्जालमार्फत यस्तो प्रष्टिकरण दिएका हुन् । 

पछिल्लो समयमा नेकपा एमालेको एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दूराशयले आफ्नो नाम जोडेर मिडियामा विभिन्न प्रकारका भ्रमपूर्ण समाचार आइरहेको विष्टले बताए । 

विष्टले लेखेका छन्, 'एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला ।'



पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने आफूहरुको चाहना भएको विष्टले प्रष्ट पारेका छन् । 

विष्टले सबल र एकीकृत एमाले नै आफूहरुको चाहना भएको बताए । उनले लेखेका छन्, 'हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहने छौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।'



 



  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार १०:३६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया