देशभरको मौसम सामान्य, पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना
सांकेतिक तस्बिर

अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ को पहाडी भू–भाग लगायत बाकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि जेठ २३ गते आइतबार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ २४ गते सोमबार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज दिनभर पहाडी भूभागका थोरै स्थानमा स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार ६:२२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया