जोर-विजोर प्रणालीमा चल्न थाले सार्वजनिक सवारीसाधन, तर यात्रुको चाप न्यून

आज मंगलबारदेखि काठमाडौं उपत्यकामा जोर–विजोर प्रणालीमा सार्वजनिक सवारीसाधन चल्न थालेका छन् । लामो समयसम्म सार्वजनिक सवारी नचल्दा यात्रु मर्कामा परेको भन्दै जोर–विजोर प्रणाली लागू गरिएको भए पनि यात्रुको आकर्षण खासै देखिएको छैन । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार गरेको निषेधाज्ञाको आदेशअनुसार आजदेखि काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक सवारी साधनलाई जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिइएको हो । 

सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रुपमा भौतिक दूरी कायम गर्दै चलाउन निर्देशन दिइएको छ । 

सार्वजनिक सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

सार्वजनिक सवारी साधन चलेसँगै बजारमा चहल–पहल र भीडभाड बढेको छ भने अत्यावश्यक काममा लागि यात्रुहरुलाई सहजता भने भएको छ ।





  • प्रकाशित मिति : असार १५, २०७८ मंगलबार १८:५९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया