सुर्खेतमा असार २५ गतेसम्म निषेधाज्ञा थप

सुर्खेतमा जारी निषेधाज्ञा असार २५ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको असार १६ गतेको बैठकको सिफारिसमा थप ८ दिन निषेधाज्ञा थपिएको हो । निषेधाज्ञा असार २५ गते राति १२ बजे सम्मका लागि जारी गरिएको छ । 

संक्रमणको जालो तोड्न, जोखिम नियन्त्रण, रोकथाम गर्नको लागि निषेधाज्ञा थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । कोरोनाको दोस्रो लहर देखिएसँगै कर्णालीमा बैशाख १४ गते राति १२ बजेबाट निषेधाज्ञा जारी गरिएको थियो । जोखिम बढ्दै गएपछि विभिन्न सयममा थप गरेर असार  आज राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको थियो । 

पछिल्लो समय निषेधाज्ञालाई खुकुलो बताउँदै लगिएको छ । असार १ गतेबाट निषेधाज्ञा खुकुलो बनाउँदै गएको प्रशासनले पछिल्लो समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म पसल सञ्चालन गर्न दिने भएको छ । तरकारी फलफूल पसलहरु बिहान ६ देखि बेलुका ६ बजेसम्म खुला रहने छन् ।

होटल तथा रेष्टुरेन्ट ५० प्रतिशत नबढ्ने गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने, भिडभाड नहुने गरी सञ्चालन गर्न पाइने छ । प्रशासनको आदेश पलना नगरेको खण्डमा कोभिड—१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही  गरिने प्रशासनले बताएको छ । कोरोनाका कारण सुर्खेतमा मात्रै हालसम्म एक सय ९५ जनाको मृत्यु भएको छ भने कर्णाली भर ३ सय २९ जनाको मृत्यु भएको छ । 





  • प्रकाशित मिति : असार १७, २०७८ बिहीबार १८:५४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया