कोपा अमेरिका : फाइनल प्रवेशका लागि ब्राजिल र पेरु भिड्दै

कोपा अमेरिकाअन्तर्गत पहिलो सेमिफाइनलमा आयोजक ब्राजिलले पेरुको सामना गर्दै छ । खेल नेपाली समयअनुसार मंगलबार बिहान पौने ५ बजे निल्टन सान्तोष फुटबल मैदानमा हुनेछ । 

ब्राजिलले चिली र पेरुले पाराग्वेलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । 

एक–अर्का विरुद्ध मैदानमा उत्रिँदा दुवैको लक्ष्य फाइनल हुनेछ । यी दुई टोलीले हालसम्म ३९ खेलमा एक–अर्काको सामना गरेका छन् । ब्राजिलले ३५, पेरुले ५ खेलमा जित हात पर्दा ९ खेल बराबरीमा सकिएको छ । 

यी दुईले पहिलोपटक १९३६ को कोपा अमेरिकामा एक–अर्काको सामना गरेका थिए । यो खेलमा ब्राजिलले ३–२ को जित दर्ता गरेको थियो । 

यही प्रतियोगिताको समूह चरणमा भएको पछिल्लो भेटमा ब्राजिलले ४–० को सहज जित दर्ता गरेको थियो । 

उपाधि रक्षा अभियानमा रहेको ब्राजिल पेरुलाई हराउँदै फाइनल प्रवेश गर्ने प्रयासमा हुनेछ । 



यो खेलमा ब्राजिलका ग्राबियल जिसस भने उपलब्ध हुने छैनन् । उनले चिलीविरुद्धको खेलमा रातो कार्ड बेहोरेका थिए । 

पेरु पनि समूह चरणमा बेहोरेको हारको बदला लिँदै फाइनल पुग्ने दाउमा हुनेछ । उसलाई निकै लयमा देखिएको ब्राजिलविरुद्ध जित निकाल्न त्यति सहज भने हुने छैन ।



पेरुका आन्द्रे कारिलो पनि यो खेलमा उपलब्ध हुने छैनन् । उनले पाराग्वेविरुद्धको खेलमा रातो कार्ड बेहोरेका थिए । 
 

  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १८:३५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया