कोपा अमेरिका : पेरुमाथि कठिन जित निकाल्दै ब्राजिल फाइनलमा

आयोजक तथा साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । ब्राजिलले पेरुमाथि १-० को कठिन जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो।

निल्टन सान्तोष फुटबल मैदानमा मंगलबार बिहान भएको खेलको ३५ औँ मिनेटमा लुकास पाकेटाले गरेको एक मात्र गोल ब्राजिललाई फाइनल पुर्‍याउन पर्याप्त बन्यो । उनले नेइमारको पासलाई सदुपयोग गरेका थिए ।  

ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीच बुधबार हुने दोस्रो  सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार बिहान हुनेछ । 
 





  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार ६:५२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया