logo-img

प्रदेश स्वास्थ्य मन्त्रीका एक महिना : कोरोना नियन्त्रणदेखि विपद् व्यवस्थापनसम्म

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले एक महिनामा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । जेठ २३ गते पदभार ग्रहण गरेका मन्त्री बुढाक्षेत्रीले स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायतका क्षेत्रमा गरेका नीतिगत निर्णय जानकारी गराएका छन् । मन्त्री बुढाक्षेत्रीले पदभार ग्रहण गरेकै दिन कर्णालीका १० वटै जिल्लामा कोभिड रोग नियन्त्रणका १० वटै जिल्लामा आवश्यक बजेट छुट्याउने निर्णय गरेका थिए ।

उनले रुकुम पश्चिममा १६ लाख ३९ हजार, सल्यानमा १७ लाख ४३ हजार १२५, सुर्खेतमा २६ लाख २७ हजार ६२५, दैलेखमा १९ लाख ५२ हजार ५००, जाजरकोटमा १६ लाख ९६ हजार ८००, डोल्पामा १४ लाख ३५ हजार ५००, जुम्लामा १२ लाख ८६ हजार, कालिकोटमा    १६ लाख ३६ हजार ५००, मुगुमा ९ लाख ७३ हजार १९०, हुम्लामा १० लाख ५३ हजार ५०० रकम पठाएका थिए ।

यस्तै विपदमा क्षति भएका जुम्ला, हुम्ला, कालिकोट, दैलेख, सुर्खेत र जाजरकोटका विद्यालयलाई आवश्यक बजेट निकासा, कर्णालीका जीर्ण विद्यालयको भवन मर्मत तथा घेरबारका लागि आवश्यक रकम जिल्लास्थित कार्यालयहरूलाई निकासा गरिएको थियो । उनले विभिन्न स्थानीय तहहरूमा आवश्यक औषधी, सिलिन्डर तथा अक्सिजन कन्स्टन्टेटर वितरण गरेको जानकारी गराएका छन् ।

सुर्खेतको पन्चपुरी नगरपालिका-२ मा रहेको प्राथमिक स्वाथ्य केन्द्र सालकोटमा असार १५ गतेदेखि विशेषज्ञ स्वास्थ्य सेवाको शुभारम्भ गरिएको थियो । कोभिड नियन्त्रणका लागि कर्णाली प्रदेशका विभिन्न स्थानीय तहहरूलाई आवश्यक सामग्री तथा औषधी र आइसोलेसन व्यवस्थापनका लागि १४ करोड ७२ लाख २० हजार रकम निकासा गरिएको छ ।

वीरेन्द्रनगरमा रहेको प्रादेशिक रंगशाला निर्माणका लागि ३५ करोड रकम विनियोजन एवम् रंगशालालाई प्रदेश गौरवको योजनामा समावेश गरी कर्णालीका १० वटै जिल्लामा खेलकुद पूर्वाधार निर्माणका लागि एक-एक करोड विनियोजन गरिएको छ ।

वीरेन्द्रनगरस्थित कभर्ड हल निर्माणका लागि १४ लाख ३२ हजार निकासा गरिएको छ । सुर्खेतको पन्चपुरी नपा २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई पुँजीगत मर्मत सम्भार अन्तर्गत १० लाख रुपैयाँ निकासा दिइएको छ ।



कालिकोटको खाँडाचक्र नगरपालिकामा कभर्ड हल निर्माणका लागि १५ लाख रुपैयाँ पठाइएको छ । संक्रमण रोग अस्पताल निर्माणका लागि प्रक्रिया थालिएको छ । ‘बैंक खाता छोरीको : सुरक्षा जीवनभरिको’ कार्यक्रम अन्तर्गत सबै स्थानीय तहहरूलाई आवश्यक रकम निकासा गरिएको छ ।

कोरोना महामारीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि ५० प्रतिशत जोखिमभत्ता निकासा भएको छ । लोपोन्मुख राउटे समुदायका लागि नीति तयार पारिएको छ । खेलकुद कार्यक्रम र खेलाडी प्रोत्साहनका लागि रकम निकासा जस्ता महत्त्वपूर्ण कामहरू गरेको मन्त्री बुढाक्षेत्रीले जानकारी गराएका छन् ।



  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार २०:९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया