ब्राजिलियन फरवार्ड गाब्रियलले अर्जेन्टिना विरुद्धको फाइनल खेल गुमाउने

ब्राजिलियन फुटबल टोलीका फरवार्ड गाब्रियल जिससले अर्जेन्टिना विरुद्धको फाइनल खेल गुमाउने भएका छन् । 

जिससले चिली विरुद्धको क्वाटरफाइनल खेलमा रातो कार्ड पाएका थिए । उक्त खेलमा रातो कार्ड पाएका कारण दक्षिण अमेरिकी फुटबल महासंघले उनलाई दुई खेलमा प्रतिबन्ध लगाएको थियो । 

प्रतिबन्धकै कारण जिससले सेमिफाइनलमा पेरुसँगको खेल पनि खेल्न पाएका थिएनन् । सोही प्रतिबन्धका कारण उनले अर्जेन्टिना विरुद्धको फाइनल खेल गुमाउने भएका हुन् ।

जिससले चिलीका एउगेनियो मेनाको मुखमा खुट्टाले प्रहार गरे पछि उनले खेलमा सिधै रातो कार्ड पाएका थिए । 





  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार १३:३२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया