कोपा अमेरिका : ९४औँ मिनेटमा गोल गर्दा कोलम्बिया तेस्रो

कोपा अमेरिकामा तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियाले जित हात पारेको छ । शनिबरा बिहान भएको खेलमा पेरुलाई ३–२ गोलले हराउँदै कोलम्बियाले तेस्रो  भएको हो । 

कोलम्बियाका फर्वाड लुइस डियाजले खेलको अन्तिममा गोल गर्दै टोलीलाई जित दिलाए । 

खेलमा अग्रता भने पेरुले लिएको थियो । ४५औँ मिनेटमा  योशिमर योतुनले गोल गरी पेरुलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु हुनेवित्तिकै ४९औँ मिनेटमा कोलम्बियाका जुवान काउड्राडोले बराबरी गोल गरे ।

६६ औँ मिनेटमा लुइस डियाजले गोल गर्दा कोलम्बिया खेलमा अघि बढ्यो । तर खेलको ८२ औँ मिनेटमा  पेरुका जियानलुका लापाडुलाले गोल गर्दै फेरि खेल बराबरी गरे । 

९० मिनेट पछि ६ मिनेट थप गरिएको थियो । थपिएको चौथो अर्थात ९४औँ मिनेटमा लुइस डियाजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरी कोलम्बियालाई जित दिलाए । 



सेमिफाइनलमा कोलम्बिया अर्जेन्टिना र पेरु ब्राजिलसँग पराजित भएका थिए । अर्जेन्टिना र ब्राजिलको फाइनल खेल आइतबार बिहान हुँदैछ । 



  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार ८:३९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया