शंकर पोखरेल भन्छन्– नाटक अझै सकिएको छैन

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापतिलाई नियुक्त गर्न सर्वोच्च अदालतले दिएको परमादेशबारे आफ्नो असन्तुष्टि पोखेका छन् ।

सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभालाई पुनस्र्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

यो आदेश आएसँगै नेकपा एमालेमा केपी शर्मा ओली निकट नेताहरुले यसलाई विरोध गरेका छन् । यहीबीच सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै पोखरेलले भनेका छन्– नाटक अझै सकिएको छैन ।

उनले फेसबुकमा जनादेशबाट बनेको सरकारलाई पन्छाएर परमादेशबाट सरकार बनाउनुको पछाडि विभिन्न षडयन्त्र रहेको आकलन गरेका छन् ।

उनले लेखेका छन्– जनादेशबाट अस्विकृत नेपाली कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमशः पटाक्षेप हुनेछ । किनकि नाटक अझै सकिएको छैन ।





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार १०:५२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया