logo-img

रोनाल्डो युभेन्टसमै रहने विश्वास

इटालियन क्लब युभेन्टसका उपप्रमुख पाभेल नेदभेदले पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डो युभेन्टसको प्रशिक्षणमा फर्किने प्रतिक्षामा रहेको बताएका छन् । 

नेदभेदले डाजनसँगको कुराकानीको क्रममा हाल छुट्टीमा रहेका रोनाल्डो चाँडै नै टुरिन फर्कने विश्वास लिएको बताएका हुन् । ‘रोनाल्डोले तत्कालै युभेन्टस छाड्ने कुनै इच्छा देखाएका छैनन्, उनीसँग हाम्रो सम्झौता अर्को समरसम्म छ’, पाभेलले भने,‘उनी जुलाई २५सम्ममा क्लबको प्रशिक्षणमा जोडिने छन् ।’ 

रोनाल्डोको भविष्यप्रति युभेन्टस ढुक्क

क्लबका निर्देशक मौरिजियो अरिभाबेनी राेनाल्डाेकाे बारेमा भन्छन्, ‘रोनाल्डोले तत्कालै क्लब छाड्ने कुनै संकेत देखिएको छैन । उनले हामीलाई यस्तो कुनै जानकारी गराएका छैनन् ।’ 

‘रोनाल्डोले गत सिजन क्लबका लागि ४४ खेलमा ३६ गोल गरेका थिए । नम्बरले मात्र सबै कुरा भन्दैन तर यसमा केही वास्तविकता भने अवश्य लुकेको छ । हामी यतिमै खुसी छौँ । उनको छुट्टीको समय समाप्त भइसकेकोछ र उनी चाँडै नै प्रि-सिजन क्याम्पका सहभागी हुनेछन्’, मौरिजियोले थपे । 

केही समय अगाडि क्लबकाे अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा राेनाल्डाेले निकै आलाेचना खेप्नु परेकाे थियाे । आलाेचनापछि निराश बनेका उनले क्लब छाड्ने मनसाय बनाएका थिए । 
 





  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार १३:३७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया