logo-img

मेस्सीको बार्सिलोना मोह,  ठुलो आर्थिक घाटा व्यहोर्दै क्लबमै रहन तयार

पछिल्लो एक दशकदेखि स्पेनिस क्लब बार्सिलोना र अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी एक अर्काका परिपूरक जस्तै बनेका छन् । विश्व फुटबलमा एक अर्कालाई चिनाउन दुवैले महत्वपूर्ण भूमिका निवार्ह गरेका छन् । 

उनीहरूले एक अर्काका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको पुष्टि गरेका छन् । 

गत वर्षको समर ट्रान्फर विन्डोमा मेस्सीलाई क्लबमै राख्न बार्सिलोना जे पनि गर्न तयार रहेको देखायो । 

खराब प्रदर्शन तथा व्यवस्थापनबाट निरास हुँदै बार्सिलोना छाड्ने मनसायमा पुगेका मेस्सीलाई क्लबमै राख्न अध्यक्ष जोसेफ मारिया बर्तोमोउले राजीनामा दिएका थिए ।

अहिले मेस्सीले त्यस्तै उदाहरण पेस गरेका छन् । जुन ३० मा बार्सिलोनासँगको सम्झौता सकिएसँगै फ्रि-एजेन्ट बनेका उनी क्लबमै रहन आफ्नो तलबको आधा रकम कटौती गर्न तयार भएका छन् । 

बार्सिलोनाले मेस्सीलाई वार्षिक १२३ मिलियन युरो दिँदै आएका थियो । उनी त्यसको आधा तलबमा सन् २०२६ सम्म क्लबमै रहन सहमत भएका हुन् । 



फ्रि-एन्जेन्ट बनेसँगै मेस्सीलाई भित्र्याउन म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मन ( पिएसजी) जस्ता ठूला क्लबले चासो देखाएका थिए । 

मेस्सीलाई ठुलो रकममा यी दुईमध्ये एक क्लब रोज्ने अवसर थियो तर उनले ठूलो आर्थिक घाटा व्यहोर्दै बार्सिलोनामा रहने निर्णय गरे । यसले क्लबप्रति उनको मोह कस्तो छ भन्ने प्रष्ट पारेको छ । 



सन् २००४ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका मेस्सीले क्लबका लागि कीर्तिमानी ६७२ गोल गरेका छन् । 

मेस्सीले बार्सिलोनालाई १० ला-लिगा, ४ च्याम्पियन्स लिग, ७ कोपा डेल रे लगायतका थुप्रै उपाधि दिलाएका छन् । उनले व्यक्तिगत रूपमा समान ६-६ बलुन डी’ओर र युरोपियन गोल्डेन बुट लगायतका उपाधि हात पारे ।

  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार १५:१४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया