टि-२० पुरुष विश्वकपको खेल तालिका सार्वजनिक, भारत र पाकिस्तान एउटै समूहमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले शुक्रबार टि-२० पुरुष विश्वकपको पहिलो चरण तथा सुपर-१२ को खेल तालिका सार्वजनिक गरेको छ । 

आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा हुने प्रतियोगिताको पहिलो चरणको समूह ‘ए’मा नेदरल्यान्ड, श्रीलंका, नामिबिया र आयरल्यान्ड तथा समूह ‘बी’मा बंगलादेश, ओमान, स्कटल्यान्ड र पपुवा न्युगिनी छन् । पहिलो चरणका प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर–१२ मा स्थान बनाउने छन् । 

सुपर-१२ मा चिरपरिचत प्रतिद्वन्द्वी भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । उनीहरूसँगै समूह ‘बी’मा न्युजिल्यान्ड, अफगानिस्तान तथा पहिलो चरणबाट आउने समूह ‘ए’को विजेता र समूह ‘बी’को उप विजेताले प्रतिस्पर्धा गर्ने छन् ।  

समूह ‘ए’मा अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अप्रिलका र वेट इन्डिजसँगै पहिलो चरणबाट आउने समूह ‘बी’को विजेता र समूह ‘ए’को उप विजेताले प्रतिस्पर्धा गर्ने छन् ।

सुपर-१२ बाट प्रत्येक टोलीका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् ।  


 





  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार १७:४५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया