logo-img

च्यासलमा एमाले बैठक : नेपाल पक्षले भन्यो, ‘हामीलाई थाहा छैन’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक सुरु भएको हो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकको अध्यक्षता गरिरहेका छन् । आजको बैठकमा यसअघि स्थायी समिति बैठकबाट अनुमोदित १० बुँदे सहमतिसहित वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल हुने भएको छ । 

यसअघि, एमालेका केन्द्रीय कार्यालय प्रमुख शेरबहादुर तामाङले केन्द्रीय कमिटीको १४ औँ बैठक भनेर सदस्यहरुलाई जानकारी गराएको भएपनि ब्यानरमा १० औँ बैठक उल्लेख गरिएको छ । 

पार्टी एकताका लागि १० बुँदे सहमति भइसकेको र यसअघि नै पार्टी पङ्क्तिलाई २०७५ जेठ ३ अघिको अवस्थामा लगिसकिएकाले १० औँ बैठक बसेको एक केन्द्रीय सदस्यले बताए । 

आजको बैठकमा पनि वरिष्ठ नेता माधव कुमार नेपाल समूह अनुपस्थित भएको छ । नेपाल समूहका नेता तथा एकता कार्यदलका सदस्य गोकर्ण विष्टले आफूहरुलाई बैठकको विषयमा थाहा नभएको प्रतिक्रिया दिएका छन् । 

फरकधारसँग कुरा गर्दै नेता विष्टले आफूहरुलाई बैठकको विषयमा कुनैपनि जाकारी नभएको बताए । उनीसँगै असन्तुष्ट समूह बैठकमा अनुपस्थित भएको हो ।





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १२:७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया