logo-img

[फोटो फिचर] काठमाडौंमै खेल्न पाइन्छ हिउँ, हेर्न पाइन्छ 'ग्रेट वाल अफ चाइना'

राजधानीको मुख्य व्यापारिक केन्द्र सुन्धाराको काठमाडौ मलमा हिउँ पर्छ भन्दा धेरैलाई विश्वास लाग्दैन । यहाँ सगरमाथाको अनुभव लिन पाइन्छ भन्दा पनि पत्याउने विषय होइन । यति मात्रै होइन, काठमाडौं मलभित्र गैँडा र बाघसँग सेल्फी खिच्न पाइन्छ भन्दा झन अचम्मै हुन्छ ।

हो, अब अचम्म मान्नु पर्दैन । किनभने आर्ट इन प्याराडाइज नेपालले थ्री डी र फोर डी इन्टर्याक्टिभ म्युजियम सञ्चालनमा ल्याइसकेको छ । 

काठमाडौ मलको पाँचौ तलामा यो म्युजियम छ । जहाँ नेपालको मुख्य मन्दिर, गुम्बा, हिमालसँगै चन्द्रमाबाट देखिने ग्रेटवाल अफ चाइनासमेत हेर्न पाइन्छ । जहाँ साँच्चिकै पुगेकै अनुभव पनि हुन्छ । 

काठमाडौंमै देशभरका तथा विदेशका समेत रमणीय स्थानमा पुगेको जस्तै गरी फोटो तथा भिडियो खिच्न पाइने भएपछि यी दृश्यसँग फोटो खिच्नेहरुको भीड बाक्लिन थालेको म्युजियमका अप्रेशन म्यानेजर विवेक रिजालले बताए ।



‘म्युजियमको १५० वटा थ्री डी फोटोसँग आगन्तुकहरुले तस्बिर खिच्न सक्नेछन् । यस्तै, फोर डीमा सगरमाथा बेसक्याम्पकै मौसममा तस्बिर लिन सकिने छ’, अप्रेशन म्यानेजर रिजालले भने, ‘यहाँ कृत्रिम हिउँ पार्छौँ । साँच्चिकै सगरमाथा पुगेको आभास हुन्छ ।’ 



सरकारले लकडाउन खुकुलो बनाएसँगै साउन १ गतेदेखि सञ्चालनमा आएको म्युजियममा अहिले दैनिक एक सय जनाले अवलोकन गर्ने गरेको रिजालको भनाइ छ । करिब पाँच करोड लगानीमा निर्माण भएको यो म्युजियममा टिकट दर पाँच सय रहेको छ । अहिले २० प्रतिशत छुट दिइएको छ । 

‘काठमाडौं भ्यालीमा कहाँ घुम्न जाने भनेर सोचिरहनु भएको छ भने सबै उमेर समूहका लागि आर्ट इन प्याराडाइज नेपालमा स्वागत गर्न चाहान्छौँ’, रिजालले भने, ‘यहाँ परिवारसँग घुम्न सकिनेछ । यस्तै युवा पुस्ताको लागि झनै प्रिय गन्तव्य हुनेछ ।’

  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १६:५०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया