ट्विटरबाट धाेनीकाे ब्लु टिक किन हट्याे ?

माइक्रो ब्लगिङ साइट ट्विटरले शुक्रबार दिउँसो भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको ब्लु टिक हटायो । यद्दपि केही समयपछि नै उनकाे ट्विटर ह्यान्डलमा ब्लु टिक आएकाे थियाे ।

सेलिब्रेटीहरूले सामाजिक सञ्जालमार्फत् आफ्नो अपडेट दिइरहेका हुन्छन् । तर धोनी ती सेलिब्रेटीमा गनिन्छन् जो सामाजिक सञ्जालबाट टाढै बस्न रुचाउँछन् । 

धोनीले अन्तिम पटक गत ८ जनवरीमा ट्विट गरेका थिए । उनले गत वर्ष जम्मा ११ ट्विट मात्र गरेका थिए । उनले हालसम्म ट्विटरमा जम्मा ४८० ट्विट गरेका छन् । ट्विटर मात्र होइन, उनी इन्स्टाग्राममा पनि खासै सक्रिय छैनन् । उनले इन्स्टाग्राममा हालसम्म १०७ मात्र पोस्ट गरेका छन् ।

आखिर किन धोनीको ब्लु टिक हट्यो त ? के धोनी ट्विटरमा सक्रिय नभएकाले ट्विटरले ब्लु टिक हटाएको हो ? यसभन्दा अगाडि भारतीय उपराष्ट्रपति भैन्केय नायडुको ब्लु टिक पनि हटाइएको थियो । त्यति बेला पनि ट्विटर विवादमा आएको थियो । 

ट्विटरका प्रवक्ताले लामो समयसम्म ट्विटर निष्क्रिय हुनाले ब्लु टिक हटेको बताएका थिए । लामो समयसम्म निष्क्रिय बसेको खण्डमा ट्विटर ह्यान्डलबाट ब्लु टिक हटाउने नीति ट्विटरको रहेको छ । यही कारणले गर्दा धोनीको ब्लु टिक हटेको हुनसक्ने अनुमान गर्न सकिन्छ । 





  • प्रकाशित मिति : साउन २३, २०७८ शनिबार ८:४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया