अफगानिस्तानमा एकैदिन सैन्य कारबाहीमा परी मारिए ४३९ तालिबान

अफगानिस्तानमा एकैदिन सैन्य कारबाहीमा परी ४३९ तालिबान मारिएका छन् भने ७७ जना घाइते भएका छन् । 

अफगानिस्तानकाे बाल्ख, हेल्मन्ड, कापिसा, बाघलान, पाक्तिया, जाबुल लगायतका क्षेत्रमा सैन्य कारबाही भएकाे अफगानी मिडियाले जनाएका छन् । 

कान्धार प्रान्तमा मात्रै २५ तालिबान मारिएकाे रक्षा मन्त्रालयले जनाएकाे छ । 

२० वर्षकाे सैन्य अभियानपछि अमेरिकी सैनिकको फिर्ती भएको छ । फिर्तीसँगै तालिबानको ज्यादती बढ्दै गइरहेको छ । अफगानी सैनिक र तालिबानबीच देशका विभिन्न क्षेत्रमा संघर्ष जारी छ । 

तालिबानले अहिलेसम्म ९ वटा प्रान्तीय राजधानीमा कब्जा गरिसकेको छ । अरू राजधानी पनि कब्जा गर्ने दाउमा तालिबान छ । 

तालिबानले केही दिन अगाडि चाँडै नै सिँगै देश आफ्नो पोल्टामा हाल्ने बताएको थियो । 



संयुक्त राष्ट्र संघका अनुसार बितेको तीन महिनामा तालिबान र सुरक्षाकर्मीबीच झडप हुँदा एक हजारभन्दा धेरै आमनागरिक मरिसकेका छन् । यसैगरी करिब ढाइ लाख नागरिक विस्थापित भएका छन् । 

तालिबानले युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायको अनुरोधलाई अस्वीकार गरिसकेकाे छ । 




 

 

  • प्रकाशित मिति : साउन २८, २०७८ बिहीबार ७:२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया