कति छन् अफगानिस्तानमा नेपाली, सरकारले बनाएको कार्यदल के हो ?
अफगानिस्तानकाे राजधानी काबुलमा एक तालिबानी लडाकू

अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिएपछि विभिन्न देशले त्यहाँ रहेका आफ्ना देशका नागरिकलाई फर्काउन थालेका छन् । 

अमेरिका, बेलायत, युरोपेली देशहरुले आफ्ना नागरिक फर्काउने कार्य सुरु गरिसकेका छन् ।

नेपालले पनि त्यहाँ रहेका नेपालीहरुलाई फर्काउन र उनीहरुको अवस्थाबारे थाहा पाउनका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको एक विज्ञप्तिअनुसार रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकिन गरी आवश्यक समन्वय तथा उद्धारका लागि मुख्यसचिव शङ्करदास बैरागीको कार्यकक्षमा आइतबार अन्तरमन्त्रालयको बैठक बसेको थियो।

उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ ।

अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ। यस्तै उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ ।



तर, अहिलेसम्म अफगानिस्तानमा कति जना नेपाली रहेका छन् भन्ने एकिन तथ्यांक आएको छैन । परराष्ट्रका एक अधिकारीका अनुसार अफगानिस्तानमा १ हजारभन्दा धेरै नेपाली रहेको हुनसक्ने अनुमान गरिएको छ ।



  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार ८:३२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया