काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस बारा​का सभापति जयचन्द्र चौरसिया​लाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

जहाँ निर्वाचन प्रक्रियाबाट नेतृत्व आउँछ, त्यहाँ कस्तो नेतृत्व आउने भन्ने कुराको निक्र्योल पहिला गर्न सकिन्न । महाधिवेशनको बेला आएपछि आ–आफ्नो जिल्लाको परिस्थितिबारे छलफल हुने हो । निर्वाचन प्रक्रिया प्रारम्भ भइसकेपछि फलानो ठिक छ फलानो बेठिक भन्नु गलत कुरा हो । यदि निर्वाचन प्रक्रिया नहुने भएको भए यही हो नेतृत्व भनेर आ–आफ्नो विचार राख्न सकिन्थ्यो । 

अब निर्वाचन प्रक्रियाबाट आएका महाधिवेशन प्रतिनिधि साथीहरुबीच कुन किसिमको नेतृत्व ल्याउने भन्नेबारे विमर्श हुनुपर्छ । लामो इतिहास बोकेको पार्टी हो, नेपाली कांग्रेस । यसलाई कुन स्थितिमा पुर्याउने भन्ने कुरा आमकार्यकर्ताको हातमा छ । किनभने कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो, विधि विधानमा चल्ने पार्टी हो । विधानतः प्रतिनिधि चयन हुने हो । चयन भएका प्रतिनिधिले अधिवेशनमा आ–आफ्ना कुरा राख्नुपर्छ । 

युवा नेतृत्वको बहस



एउटा कुरा के हो भने, युवा वा पुरानो जो भए पनि उहाँहरुको भूमिकालाई सधैँ सम्झनुपर्छ । राजनीतिमा युवाहरुको आवश्यकता छ । तर, पुरानाहरुको त्याग, तपस्या र क्रियाकलापलाई बिर्सन हुँदैन । विधानतः चल्ने, विधिसम्मत हिँड्ने कुरामा कांग्रेसका सम्पूर्ण कार्यकर्ता एकमत हुनुपर्छ । कांग्रेसमा भएका विसंगतिलाई हटाएर विधान र विधिअनुसार चलाउन सक्ने, पार्टी बचाउने खालको नेतृत्व आउनुपर्छ । 

आफ्नो जिल्लामा भएका क्रियाकलापलाई मात्र ध्यान दिने, गुट खडा गर्नेजस्ता काम भइरहेका छन् । हाम्रै बारा जिल्लालाई लिऔँ, एक पक्षले आफ्ना कुरालाई स्थापित गर्नका लागि जिल्लाबाट क्रियाशीलता सदस्य आएकै छैन भन्ने, केन्द्रबाट ठूला नेता भन्नेहरुले नै अनशन बसाइदिनेसम्मका क्रियाकलाप भएका छन् । 



विधि र विधानबाट आएका क्रियाशील सदस्यहरुलाई प्रभावित गर्नका लागि यस्तो काम भएको देखिन्छ । यहाँका ठूला नेतृत्ववर्गले नै विधानलाई प्रभावित गर्न खोज्दै छन् । जबकि जिल्लाबाट वडादेखि पालिका, प्रदेश, जिल्लासम्म निर्णय भएका कुरालाई विधिसम्मत नहोस् भन्नका लागि यस्तो भएको देखिन्छ । अहिले पनि म हेर्दै छु, ती फाइल खुलेका छैनन् । 

कांग्रेसलाई कानुनी राज्यको अवधारणा र कानुनअनुसार हिँडाउने बिपी कोइरालाको अवधारणामा धावा बोल्न खोजिएको देखिन्छ । केन्द्रमा रहेका आफूलाई ठूलो भनाउने नेताहरुले नै प्रभाव पार्न खोजेका छन् । हाम्रो सोच भनेको विधिसम्मत ढंगबाट आएकाहरुले कानुनी मान्यता पाऊन् भन्ने हुनुपर्छ । 

परिवारवादको समस्या

हाम्रो पार्टीमा अहिले यो समस्या छैन । मेरो जिल्लामा झनै यो समस्या छैन । पार्टी र केन्द्रमा एकसे एक त्यागी नेता छन् । स्वयं बिपीका छोराहरु पनि राजनीतिमा छन् । तर, बिपीका छोरा भएकै कारण मात्रै राजनीतिमा स्थापित भएका होइनन् । उनीहरुले पनि कांग्रेसका लागि काम गरेका छन् । 

हामी प्रकाशमान सिंहलाई पनि लिन सक्छौँ । उहाँ गणेशमानका पुत्र भएका कारणले मात्र ठूलो हुनुभएको होइन । उहाँले विभिन्न एकाइमा काम गरेर अघि बढ्नुभएको हो । नातावाद र कृपावादबाट मात्रै कांग्रेस चलेको छैन । विभिन्न नेताका छोराहरु भएका कारणले मात्र नभई क्षमताका आधारमा पनि उहाँहरुले कांग्रेसमा नेतृत्व गर्न पाएका हुन् । 

कसरी गर्ने महाधिवेशन ? 

विविधतामा नै एकता हुन्छ । जहाँसम्म कांग्रेसको लामो इतिहास पल्टाउँदा पनि राणाशासन वा पञ्चायती शासनको बीचमा कांग्रेसले प्रजातन्त्रका लागि, विधिको शासनका लागि, लोकतान्त्रिक शासनका लागि देशमा गणतन्त्र स्थापनासम्मका लागि भूमिका खेल्यो । 

आज पनि लोकतन्त्र संस्थागत गराउन कांग्रेस लागेको छ । एक मात्र पार्टी कांग्रेस धेरै दुःख भोगेर पनि कोरोनाको महामारी वा अन्य साना समस्यासँग डराउनुहुन्न । यसको वैज्ञानिक समाधानका लागि कांग्रेसको संवैधानिक र वैधानिक संकट समाधानका लागि डटेर लाग्नुपर्ने बेला छ । आफ्नो अधिवेशन गर्नैपर्छ । कोरोना महामारी र बाढी पहिरोलगायत समस्यालाई हेरेर अघि बढ्नुपर्नेछ ।

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति

म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति

क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति

तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति

परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा​ सभापति

‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति

विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति

‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति

‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति

पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

 

  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार २०:३५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया