logo-img

गणतन्त्र आएपछि राजतन्त्रवादीलाई सबैभन्दा धेरै फाइदा : धर्मेन्द्र बाँस्ताेला

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोलाले गणतन्त्र आएपछि सबैभन्दा धेरै फाइदा राजतन्त्रवादीलाई भएको बताएका छन् । 

बुधबार संवाद डबलीमा आयोजित ‘कम्युनिस्टहरुबीचको ध्रुवीकरण आवश्यकता र चुनौती’ विषयक अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले गणतन्त्रले दलाल पुँजीपति र सामन्तलाई मात्रै फाइदा भएको बताए । 

नेता बास्तोलाले भने, ‘हिजो राजा हुँदा एउटा तगारो थियो, घुँडा टेकेर एकपटक जदौ गरेपछि उनीहरु ठाउँमा पुग्थे, अहिले त्यो हटेको छ, जनतालाई त हिजो पनि सास्ती थियो, आज पनि त्यही छ ।’ 

जनताका निम्ति हिजो जे समस्या थिए आज पनि त्यही रहेको उल्लेख गर्दै उनले भने, ‘हिजो पनि शिक्षा किन्नुपथ्र्यो आज पनि त्यही छ, हिजो स्वास्थ्य किन्नुपथ्र्यो आज पनि त्यही छ, हिजो पनि राष्ट्रका समस्या जे थिए आज पनि त्यही छ ।’ 

कम्युनिस्टहरु एकताबद्ध भए भने त्यसले सर्वनाश गर्छ भनेर सबै डराएको र त्यसकै पछाडि कतिपय नेताहरुले बोलेको आफूले सुनेको उनले बताए । 

नेता बास्तोलाले पुरानो प्रतिगामी सत्तालाई ध्वस्त पारेर नयाँ समाजमा रुपान्तरण गर्ने प्रकारको एकता कम्युनिस्ट पार्टीबीच हुन जरुरी रहेको बताए । 





  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १९:३४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया