तालिबान अमेरिकाबाट वैधता खोज्दै, बाइडेनले भने– तालिबान माथि विश्वास गर्न सकिदैन

अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबान माथि विश्वास गर्न नसकिने प्रतिक्रिया दिएका छन् । तालिबानले अफगानिस्तान कब्जा गरेको केही दिनपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

‘म कसैमाथि विश्वास गर्न सक्दिन । तालिबानले एक मौलिक निर्णय लिनुपर्छ । अबको प्रश्न यो हो की के तालिबान सबै अफगानिलाई एकजुट बनाउन गर्दै छ ? एकसय वर्ष यता कसैले पनि अफगानिस्तानलाई एकजुट बनाउन सकेको छैन,’ बाइडेनले भने । 

तालिबानले अमेरिकाबाट वैधता खोजेको समेत बाइडेनले बताए । तालिबानले आगामी दिनमा गर्ने व्यवहारले उसमाथि कसरी हेर्ने भन्ने अमेरिकाले तय गर्ने उनले जनाए । 
तालिबानले काबुल कब्जा गरेपछि अमेरिकाले त्यहाँबाट पछिल्लो ९ दिनमा २५ हजार जनलाई बाहिर निकालेको छ । जुलाईदेखि हालसम्म अमेरिकाले ३० हजार जनालाई उद्धार गरिसकेको छ । 

बिबिसी





  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार ११:४४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया