लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, एमाले सांसदको अवरोध

लुम्बिनी प्रदेशका वन नियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले सोमबार विश्वासको मत लिने भएका छन् । 

माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका केसी सोमबार प्रदेश सभाबाट विश्वासको लिने भएका हुन् । 

१ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको भएपनि २ बज्न लाग्दा समेत बैठक सुरु हुन सकेको छैन । 

केसी कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सहितको समर्थनमा साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालेले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रदेशसभा परिसरमा एमालेका सांसदहरु नाराबाजी गरिरहेका छन् ।  प्रदेशसभा परिसरमा अहिले माओवादी र कांग्रेस संसदीय दलको बैठक चलिरहेको छ । 





  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १४:१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया