माधवकुमार नेपालको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो विधान सार्वजनिक गरेको छ ।
विधानअनुसार यो पार्टीमा केन्द्रीय सदस्यको संख्या १ सय ५१ जना हुने बताइएको छ ।
यसमा केन्द्रीय कमिटी अध्यक्ष एक जना, वरिष्ठ नेता १ जना, उपाध्यक्ष ७ जना, महासचिव १ जना, उपमहासचिव २ जना, सचिव ७ जना हुने छन् । पदाधिकारीको संख्या १७ जनाको बनाउन लागेको यो पार्टीमा ३६ जना वैकल्पिक सदस्य हुनेछन् ।
पार्टीको विधानमा एक तिहाई सदस्य महिला हुने पनि उल्लेख गरिएको छ ।
५१ सदस्यीय पोलिटब्युरो र २१ सदस्यीय स्थायी कमिटी पनि गठन गरिने नेपालको नयाँ पार्टीको प्रस्तावित विधानमा उल्लेख गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।