logo-img

सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई निस्तेज पार्नुपर्छ: प्रहरी महानिरीक्षक क्षेत्री

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमामा खटिने प्रहरी कार्यालय प्रमुखहरुले समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् । 

प्रहरी प्रधान कार्यालयबाट मंगलबार भिडियो कन्फ्रेन्सद्वारा प्रदेश प्रहरी कार्यालयका प्रमुख, संघीय प्रहरी इकाइ कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुख र सीमा प्रहरी चौकीका प्रमुखहरुलाई निर्देशन दिंदै उनले सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई पूर्णरुपमा निस्तेज पार्नुपर्ने बताए । 

प्रहरी महानिरीक्षक क्षेत्रीले प्रहरी कर्मचारीहरुलाई सामाजिक हैसियतको ख्याल राखि मिठो बोलीवचन, इमान र पूर्ण व्यावसायिकताका साथ संगठनप्रति उत्तरदायी हुँदै जिम्मेवारी वहन गर्न सीमा प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका थिए । 

सिमापार सम्बन्धलाई उत्कृष्ट बनाई पारस्परिक हितलाई संस्थागत हितमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक क्षेत्रीले अन्य सुरक्षा निकायसँगको समन्वयमा सीमा क्षेत्रमा हुने विभिन्न अपराध न्यूनीकरणका लागि दत्तचित्त भएर लाग्नुपर्ने बताए । 





  • प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार १४:१९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया