दाङ र बर्दियामा दुई किशोरी बलात्कृत

बर्दियामा  १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गुलरिया नगरपालिका–७ चौगुर्जी बस्ने १७ वर्षीय किशोरलाई बुधबार पक्राउ गरेको छ ।

ती किशोरीलाई खेतमा घाँस काट्न गएको अवस्थामा किशोरले बलात्कार गरेको प्रहरीले जनाएको छ । सो खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस्तै, दाङमा १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बुधबार साँझ २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शान्तिनगर गाउँपालिका–१ बस्ने २० वर्षीय सागर नेपाली र १८ वर्षीय किशोर रहेका छन् । 

उनीहरुले ती किशोरीलाई ललाई फकाई नजिकै रहेको खेतबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 





  • प्रकाशित मिति : भदौ १०, २०७८ बिहीबार १३:३७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया