logo-img

जनकपुरमा प्रहरी क्लिनिकमा पुग्छन्, मदिरा पिउँछन् र पोज दिन्छन् फोटो खिचाउन (भिडियो)

यो भिडियो हो, जनकपुरको । त्यहाँको जानकी मन्दिर परिसरमा रहेको प्रहरी चौकीका इन्चार्ज हुन्, नागेन्द्र यादव ।

केही दिनअघि उनी प्रादेशिक अस्पताल अगाडिको सिटीस्क्यान गर्ने ल्याबमा पुगेका थिए । रातिको समय थियो, सायद उनी ड्युटीमै थिए, प्रहरी पोशाकमा नै उनी ल्याबमा पुगेका थिए।

ल्याबको एउटा कोठाको कुर्चीमा गएर बस्छन्, यादव । उनलाई ‘सत्कार’ गर्छन्, त्यही ल्याबका एक कर्मचारीले- ‘बियर’ ल्याइदिएर । 

बियरले आफूलाई सत्कार गरेकाले हुनुपर्छ, यादवले उनलाई आफ्नो टोपी फुकालेर दिन्छन्, उनले लगाउँछन् । यसले प्रश्न उठाएको छ, के नेपाल प्रहरीले बियरको बदलामा आफ्नो पोशाक अरू कसैलाई दिन मिल्छ ? 

यादव गएर ‘मोजमस्ती’ गरेको यो सिटीस्क्यान गर्ने ठाउँ हो, केदार यादव स्वामित्वको । सिटि स्क्यान ल्याबका सञ्चालक केदारले नागेन्द्रलाई मेजमानी गरेको यो पहिलो पटक भने होइन । फरकधार स्रोतका अनुसार यी दुईको ‘राम्राे सम्बन्ध’ छ, एकअर्कालाई ‘सहयोग’ गर्ने परम्परा छ ।

भिडियाे हेर्नुहाेस् : 



 



  • प्रकाशित मिति : भदौ १३, २०७८ आइतबार १३:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया