अफगानिस्तानमा बाँकी रहेका अमेरिकी सैनिकले काबुल छाडेपछि सम्पूर्ण अफगानिस्तान तालिबानको हातमा पुगेको छ ।
बाँकी सैनिकले काबुल छाडेसँगै रक्षा मन्त्रालयले २० वर्षे मिसन सकिएकाे घाेषणा गरेकाे छ।
अमेरिकाकाे अन्तिम सैन्य विमान साेमबार राति काबुलबाट उडेकाे थियाे ।
अमेरिकाबाट मुक्त भएको भन्दै काबुलमा तालिबानले खुशी मनाएका छन् । अमेरिकाले तालबानसँग ३१ अगस्टसम्ममा आफ्नो पूरै सेना फिर्ता गर्ने सम्झौता गरेको थियो।
तालिबानले काबुलमा कब्जा गर्नुभन्दा एक दिन पहिला अमेरिकाले ७९ हजारभन्दा धेरै मानिसकाे उद्दार गरेकाे थियाे । जसमध्ये ६००० अमेरिकी र बाँकी अन्य देशका नागरिक थिए ।
सैनिक फिर्तीलाई लिएर अमेरिकी राष्ट्रपति जाे बाइडेन निकै आलाेचित भएका थिए । पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्पले बाइडेनकाे राजीनामा माग समेत गरेका थिए ।
तालिबानविरुद्धकाे सैन्य अभियानमा करिब २ हजार ५०० अमेरिकी सैनिकले ज्यान गुमाए भने २० हजारभन्दा धेरै सैनिक घाइते भए ।
अमेरिकाले ११ सेप्टेम्बर २००१ मा सैन्य अभियान सुरु गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।