चीन हाम्रो सबैभन्दा महत्वपूर्ण साथी हो : तालिबान

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले चीन सबैभन्दा महत्वपूर्ण साथी भएको बताएका छन् । 

एक अन्तर्वार्ताका दौरान मुजाहिदले भने, ‘चीन हाम्रो सबैभन्दा महत्वपूर्ण साथी हो । हाम्रा लागि उसले मौका दिएको छ । चीन अफगानिस्तानमा लगानी र निर्माण गर्न तयार छ ।’

अफगानिस्तानबाट सबै विदेशी सैनिक निस्किसकेका छन् र तालिबानले सरकार बनाउने प्रक्रिया सुरु गरेको छ । 

अफगानिस्तानमा तामाको भण्डार रहेको छ । तालिबानले यसलाई चीनको हातमा सुम्पिन सक्छ । मुजाहिदले अफगानिस्तानका खानीलाई चीनले आधुनिक बनाउने कुरामा जाेड दिएका छन् ।

तालिबानले नारीहरूलाई विश्वविद्यालयमा पढ्न, नर्सिङ र प्रहरी क्षेत्रमा पनि काम गर्न दिने बताएको छ । 

तालिबानले रुससँग पनि राजनीतिक र आर्थिक सम्बन्ध राम्रो रहेको जनाएको छ।




 



  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १४:१६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया