कञ्चनपुरमा मृतकको सदगतमै भारतीय एसएसबीकाे अवरोध

कञ्चनपुरमा भारतीय एसएसबीले मृतक नेपाली नागरिकको सदगत गर्न अवरोध गरेको छ ।

जिल्लाको भीमदत्त नगरपालिका-१० जिमुवाका लाल गिरीको सदगत गर्न भारतीय एसएसबीले अवरोध गरेको हो । 

स्थानीय युवा दीपेन्द्रसिंह ऐरीले मृत्यु भएका नेपाली नागरिकको सदगत गर्न एसएसबीले अवरोध गरेको बताए । सो क्षेत्रमा नाथगिरी, पुरी, भारती समुदायले सदगत गर्दै आएका छन्।

सदगत गरेर वर्ष दिनपछि समाधि बनाउने भएकाले भारतीय पक्षबाट कञ्चनपुरको सीमा क्षेत्रमा हस्तक्षेप मात्र नभई नेपालीको धर्म-संस्कृतिमा समेत अवरोध पुर्‍याउने का गैरसामाजिक भएको स्थानीय बताउँछन् । 

यस सम्बन्धमा भीमदत्त नगरपालिका- १० का वडाध्यक्ष राना नाथ भन्छन्, ‘आफ्नै भूमिमा सदगत गर्दासमेत भारतीय पक्षबाट अवरोध हुनु गलत हो . अब उप्रान्त यस्ता विषयमा भारतीय पक्ष जिम्मेवार हुनुपर्छ ।’ 

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल र नेपाली नागरिकमाथि निरन्तर ज्यादती गरिरहेको स्थानीयकाे गुनासो छ ।
 





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १७:१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया