भारतसँग नेपाल फेरि पराजित

भारतसँग मैत्रीपूर्ण खेल खेलेको नेपालले यसपटक खुसी हुने नतिजा निकाल्न सकेन । 

आज दशरथ रंगशालामा भएको खेलमा भारतले नेपाललाई २–१ को गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा बराबरी भएको खेलमा यी तीन गोल नै दोस्रो हाफमा भएका थिए । 

नेपालका लागि एक मात्र गोल तेज तामाङले ८७ औं मिनेटमा गरेका हुन् ।

यसअघि भारतका लागि सुनील क्षेत्री र फारुख चौधरीले एक एक गोल गरेका थिए ।

यसअघि बिहीबार भएको मैत्रीपूर्ण खेलमा भारत र नेपालको खेल १—१ गोलको बराबरीमा सकिएको थियो ।

नेपालले भारतसँग खेलेको यो २१ औं पटक हो । नेपालले यसअघि २ वटा खेलमा मात्र जित निकाल्न सकेको छ । यसअघि बिहीबार दशरथ रंगशालामा भएको खेलमा बराबरीसहित ४ खेलमा बराबरी भएको छ । अन्य १४ खेलमा भारतले जित निकालेको छ ।





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १९:२७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया