logo-img

अफगानी अलराउन्डर आजमतुल्लाह ललितपुरमा अनुबन्ध

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)मा साविक विजेता ललितपुर प्याट्रियसले अफगानी अलराउन्डर आजमतुल्लाह ओमरजाईलाई अनुबन्ध गरेको छ । 

ललितपुरले तेस्रो विदेशी खेलाडीका रुपमा २१ वर्षीय अफगानी अलराउन्डर आजमतुल्लाहलाई टोलीमा भित्र्याएको हो । मध्यगतिमा बलिङ गर्ने उनले अफगानिस्तानबाट एक ओडिआई खेल खेलेका छन् । 

उनले गत जनवरीमा आयरल्यान्डविरुद्ध ओडिआईमा डेब्यु गरेका थिए । उनीसँग पाँच प्रथम श्रेणी, २४ लिस्ट ए र १० टि–२० खेलको अनुभव छ ।

उनले तल्लो क्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । उनले २०१८ मा बंगलादेशबाट यु– १९ विश्वकप र २०१९ मा इमर्जिङ टिम्स एसिया कप खेलिसकेका छन् । 

यु–१९ विश्वकपमा न्युजिल्यान्डलाई पराजित गर्न आजमतुल्लाहले २३ बलमा ३ चौका र ७ छक्कासहित ६६ रनको आक्रामक इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।
 





  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १६:३५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया