नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दै

नेपालले पपुवा न्युगीनीसँग दुई खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा मंगलबार (आज) प्रतिस्पर्धा गर्दैछ ।

यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने छ ।

नेपाल र पपुवा न्युगिनीले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रियमा एक अर्काको सामना गर्न लागेका हुन् ।

अहिलेसम्म नेपालले पपुवा न्युगिनीसँग ४ एकदिवसीय खेल्दा १ मा जित निकाल्न सफल भएको छ । 

यी दुईले सन् २००५ मा पहिलोपटक एक अर्काको सामना गरेका थिए । जसमा पपुवा न्युगीनी ७० रनले विजयी भएको थियो ।

सन् २०१५मा आईसिसी विश्व क्रिकेट लिग अन्तर्गत भएका दुवै भेटमा पनि पपुवा न्युगीनी नै विजयी भएको थियो ।



उसले मलेसियामा भएको यो प्रतियोगिताको पहिलो खेलमा २ र दोस्रो खेल ३ विकेटले आफ्नो पक्षमा पारेको थियो ।

सन् २०१८मा जिम्बावेमा भएको विश्वकप छनोट अन्तर्गतको पछिल्लो भेटमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता पाएको थियो । त्यसयता यी दुईबीच पहिलोपटक भेट हुँदैछ ।



नेपालले १९ महिनापछि एकदिवसीय खेल खेल्दैछ । उसले पछिल्लोपटक लिग–२ अन्तर्गत २०७६ को माघ २९ मा अमेरिकासँग घरेलु मैदानमै खेलेको थियो । 
यतीबेला नेपाली टोली आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि ओमानमा छ । 

उसले आयोजक ओमान र अमेरिकासँग सिरिज खेल्नेछ । एकदिवसीय सिरिजको दोस्रो खेल शुक्रबार दिन र रातमा हुनेछ ।  नेपालले दिन र रातमा खेल्न लागेको यो पहिलो एकदिवसीय हो ।

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार ८:४७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया