कंगनालाई कपिलले भने- कन्ट्रोभर्सीमा नआएको लामै भयो त !

बलिउड अभिनेत्री कंगना रनावत लामो समययता सधैं विवादमा आइरहेकी छन् । कहिले विभिन्न अभिव्यक्ति दिएर त कहिले विवादास्पद काम नै गरेर पनि उनी विवादमा तानिइरहेकी छन् ।

तर, अब केही महिनायता उनको चर्चा र विवाद अलिक कम देखिएको छ । यहीबीच फिल्म थलाइवीको प्रमोसनका लागि उनी कपिल शर्माको कार्यक्रममा पनि पुगेकी छन् । कार्यक्रममा कपिलले उनलाई यही विवादको विषयमा पनि कुरा गरेका हुन्छन् ।

अहिलेसम्म यो कार्यक्रम टिभीमा त आएको छैन । तर, सोनी टिभीले आफ्नो सामाजिक सन्जालमा एउटा भिडियो क्लिप सेयर गरेको छ, जहाँ कपिलले कंगनालाई सोधेका छन्- कन्ट्रोभर्सीमा नआएको त लामै भयो त !





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार ११:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया