logo-img

पर्सामा काठ तस्कर र प्रहरीबीच भिडन्त
सांकेतिक तस्बीर

पर्साको पटेर्वासुगौलीमा काठ तस्कर र प्रहरीबीच भिडन्त भएको छ।
 
पटेर्वासुगौलीको फरहादवाको जंगलबाट सालको गुलिया तस्करी गर्ने क्रममा प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

तस्करहरूको समूहलाई प्रहरीले रोक्दा नमानेपछि प्रहरीले हवाइफायर गरेको थियो । 

प्रहरीले ३ राउण्ड हवाइफायर गरेपछि तस्करहरूले सालको गुलिया छोडी फरार भएको पर्सा प्रहरीले जनाएको छ । 

तस्करहरूको समूहबाट प्रहरीले २ वटा भारतीय नम्बरको मोटरसाइकल र २ थान सालको गुलिया बरामद गरेको पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले बताए ।
 





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार ८:३०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया