logo-img

रेडपान्डाको छालासहित एकजना पक्राउ

हाब्रे (रेडपान्डा)को छालासहित जाजरकोटबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बारेकोट गाउँपालिका– ५ नायकवाडाका १९ वर्षीय लोकेश परियारलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।

नलगाड नगरपालिका– ५ कालिमाटीस्थित होटेलमा ल्याएर दुईवटा रेडपान्डाको छाला बिक्री गर्न लागेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक डिएसपी मधुकुमार थापाले जानकारी दिए ।

परियारको साथबाट प्रहरीले रेडपान्डाको ४२ इन्च लम्बाइ भएको ठूलो छाला एक थान र टाउको नभएको २२ इन्च लम्बाइको सानो छाला एक थान बरामद गरेको छ । 

पक्राउ परेका परियारमाथि थप अनुसन्धान जारी रहेको बताइएको छ ।





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १७:४९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया