ठमेलमा एक जर्मन नागरिकको शंकास्पद मृत्यु
प्रतिकात्मक तस्वीर

राजधानीको ठमेलमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेका छन् । 

तीन महिनादेखि बिहानी होटलमा बस्दै आएका ४० वर्षीय जर्मन नागरिक डेभिड मिक्काज ठमेलस्थित बिहानी होटलको २०१ नम्बर कोठमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उनी बसेको कोठाको ढोका नखुलेपछि होटलले प्रहरीलाई खबर गरेकाे थियाे । 

ढोका खोल्दा बेडमा उत्तानाे परेर सुतिरहेको अवस्थामा उनकाे शव फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । 

मृतक मिक्काजकाे शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरी वृत्त लैनचौरका प्रमुख दुर्गा दाहालले बताए । उनका अनुसार त्यहाँबाट रिपोर्ट नआएसम्म तत्कालै केही भन्न नसकिने अवस्था छ । 

उनको कोठाबाट केही औषधिहरू पनि फेला परेकाले त्यसको परीक्षणका लागि पठाइएको छ । मृत्युका कारण हाल्नसम्म खुल्न नसकेकाले यो बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



बिहीबार साँझ मृत अवस्थामा फेला परे पनि उनको मृत्यु भने त्यसको अघिल्लो दिन नै भएको हुन सक्ने प्रहरी अनुमान छ । 



  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार १२:४७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया