logo-img

कांग्रेस महाधिवेशन नयाँ चरणमा प्रवेश : सहमहामन्त्री डा. महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले स्थानीय तहको अधिवेशनसँगै पार्टी १४ औं महाधिवेशनको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । अधिवेशनको अवसरमा उनले शुभकामना पनि व्यक्त गरेका छन् । 

वडादेखि गाउँ तथा नगर अधिवेशनका क्रममा कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूमा देखिएको उत्साह र सक्रियतालाई कांग्रेसको शक्ति र उज्जवल भविष्यको संकेतको रूपमा लिएको पनि उनले बताए । 

यसले ‘प्रजातन्त्रको मियो र दियो’ नेपाली कांग्रेस भएको कुरा पुष्टि गरेको उनको भनाइ छ । 

उनले थप भनेका छन्, ‘२०७२ सालमा नयाँ संविधान जारी भएपछि दोस्रो पटक आयोजित महाधिवेशनका क्रममा तल्लो तहदेखि कार्यकर्ताहरूको व्यापक सहभागितामा अधिवेशन गरी लोकतान्त्रिक वातावरणमा स्वच्छ प्रतिस्पर्धाका आधारमा निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्ने श्रेय पनि हामीलाई प्राप्त भएको छ ।’ 

पूर्ण प्रजातान्त्रिक वातावरणमा स्वच्छ प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन गरी त्यसका माध्यमबाट नागरिकहरूको सेवा सहमहामन्त्री महतको आग्रह छ ।
 





  • प्रकाशित मिति : असोज ९, २०७८ शनिबार १२:४१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया