इजरायलको केयरगभरका लागि १६०० जना सिफारिस
फरकधार / १० असोज, २०७८

इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा पठाउने नेपाली सहायक कामदारका लागि एक हजार ६०० जना सिफारिस गरिएको छ । वैदेशिक रोजगार विभागले असोज ४ गतेदेखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट उनीहरूलाई छनोट गरेर सिफारिस गरेको हो । 



अन्तर्वार्ताका लागि एक हजार ८०३ जना उम्मेदवार सहभागी भएका थिए । तीमध्ये एक हजार १२० जना महिला र ४८० जना पुरुष सिफारिस भएका हुन् । उनीहरूमध्ये सात जना महिला र ३०० जना पुरुषलाई अन्तिम छनोटका लागि इजरायल पठाइनेछ । 

नेपाली दूतावासमार्फत पपुलेसन इमिग्रेसन एण्ड बोर्डर अथोरोटी अफ इजरायल (पिआइबिए) ले एक हजार जना कामदार छनोट गर्नेछ । 



गत साउन १२ गते प्रकाशित गरिएको मागअनुसार ९ हजार ६९९ जनाले आवेदन दिएका थिए । तर, परीक्षामा ७ हजार ९ जना सहभागी हुन योग्य ठहरिएका थिए ।



भदौ २८ गते भएको भाषा परीक्षामा ६ हजार ३१७ जना परीक्षामा सहभागी भएका थिए । तीमध्ये २ हजार ३९ जना पास भएका थिए । अब सिफारिसमा परेकाहरूलाई इजरायलले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्नेछ । इजरायल जाने श्रमिकले हप्तामा ४२ घण्टा काम गर्नुपर्ने हुन्छ ।  

सुरुमा एक वर्षको करार र ५ वर्षसम्म थप गर्न सकिनेछ । इजरायल जानका लागि अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ ।

  • प्रकाशित मिति : असोज १०, २०७८ आइतबार ७:२५:३१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया