के पूर्वराष्ट्रपति घानीले तालिबान सरकारलाई समर्थन गरेका हुन् ?

आइतबार अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीले तालिबान सरकारलाई समर्थन गरेको समाचार बाहिरियो । घानीले तालिबान सरकारलाई समर्थन गरेको भन्दै आफ्नै आधिकारिक फेसबुकमार्फत सार्वजनिक गरेका थिए । 

‘प्यारा देशवासी ! कटु सत्य कुरा के हो भने हामी र हाम्रो मन्त्रिपरिषदको अफगानिस्तानमा अलिकता पनि नियन्त्रण छैन। तर, पनि केही देशमा पूर्वराजदूत तथा विश्वभर फैलिएका हाम्रा प्रतिनिधिले एउटा नयाँ संकटन सिर्जना गर्न उक्साइरहेका छन,’ उनले फेसबुकमा लेखेका थिए, ‘उनीहरूले अफगानिस्तान र उसको सरकारको प्रतिनिधित्व गर्न नसक्ने बताइरहेका छन्। संयुक्त राष्ट्र संघका गुलामा मोहम्मद इसाक जईले अफगानिस्तानमा कुनै सरकार नभएको र उसले जनताको समर्थन पाउन नसक्ने बताइरहेका छन्। अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानबाट टाढा हुने होइन, वर्तमान सरकारसँग वार्ता गर्न आवश्यक छ।’

अफगानिस्तानलाई सहयोग गर्न र उसलाई मान्यता दिन उनले आग्रह गरेका थिए । 

तर, घानीले फेसबुकमा लेखेको सो कुराको आफ्नो ट्विटरमार्फत खण्डन गरेका छन् । आइतबारदेखि आफ्नो फेसबुक अकाउन्ट ह्याक गरिएको भन्दै उनले हिजोदेखिका फेसबुक पोस्टलाई वैध नमान्न आग्रह गरेका छन्।





  • प्रकाशित मिति : असोज ११, २०७८ साेमबार २१:४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया